EN नेपा
Machhapuchchhre Bank Limited

माछापुच्छ्रे बैंक लि.,नेप्स र सिटीटेकद्वारा “Unified Merchant Management Systems (MMS)” – एकीकृत व्यापारी व्यवस्थापन प्रणाली” संचालनको लागि सम्झौता

माछापुच्छ्रे बैंक लि.,नेप्स र सिटीटेकद्वारा  “Unified Merchant Management Systems (MMS)” – एकीकृत व्यापारी व्यवस्थापन प्रणाली” संचालनको लागि सम्झौता
December 18, 2023

माछापुच्छ्रे बैंक लि, नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिष्टम्स लिमिटेड (नेप्स) र सिटीटेकले सोमबार एकीकृत व्यापारी व्यवस्थापन प्रणाली (गेट पे) संचालन गर्नको निमित्त त्रिपक्षीय सम्झौता गरेका छन् ।

सम्झौता पत्रमा नेप्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत संजीव सुब्बा, सिटीटेकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत साजन शर्मा र माछापुच्छ्रे बैंकको तर्फबाट नायब महाप्रबन्धक प्रसिद्ध राज अर्यालले हस्ताक्षर गर्नुभएको गर्नुभएको थियो।

नेप्स र सिटीटेकको सहकार्यमा विकास गरिएको गेट पे नामक MMS संचालनमा आईसकेपछि हाल छरिएर रहेका विभिन्न भुक्तानी उपकरण र संजालहरुलाई बैंक र व्यापारीहरुले एकीकृत रुपमा व्यवस्थापन गर्न सक्नेछन् । सम्झौताले व्यापारीहरुको हाल भुक्तानी उपकरण तथा संजालसँग अलग अलग रजिष्ट्रेशन तथा व्यवस्थापन गर्नुपर्ने प्रक्रियालाई सरलीकृत गर्दै एकै प्लेटफर्म मार्फत सो कार्य गर्ने क्षमता प्रदान गर्नेछ ।

यसका साथै हाल प्रचलनमा आईरहेका सबै भुक्तानी उपकरणहरु तथा संजालहरुलाई समेटी एकै प्रणालीबाट बैंक तथा व्यापारीहरुलाई सेवा लिन र दिन सहज हुनेछ भने कारोबारी र कारोबारसँग सम्बन्धित महत्वपुर्ण डाटाहरुको पहुँच र नियन्त्रण बैंक तथा व्यापारीहरुमा पुग्ने, पटक पटक व्यापारीको रजिष्ट्रेशन र व्यवस्थापन गर्नुपर्ने हालको झन्झटिलो प्रक्रियाको समाधान हुने र व्यापारीहरुलाई बैंकहरुले अझ परिष्कृत सेवाहरु प्रदान गर्न सहज हुने लगायतका विशेषता गेट पे मा रहेका छन् । सम्झौता पछि, तीनै पक्षले सकेसम्म चाँडो यसलाई प्रयोगमा ल्याउने र नेपाली भुक्तानी जगतमा नयाँ आयामको रुपमा थपिने दाबी गरेका छन् ।

 

Ease Your Banking Experience

Online Services

Online Services

Banking at Your Comfort

Customer Care

Customer Care

Cater Your Needs for Prompt Solution

FAQ's

FAQ's

Having Doubt About MBL Products

Locate Us

Locate Us

Get Connected With MBL Networks

Machhapuchchhre Bank Limited