EN नेपा
Machhapuchchhre Bank Limited

माछापुच्छ्रे बैंक लि. र इ -क्यान झापा बीच व्यवसायिक सम्झौता

माछापुच्छ्रे बैंक लि. र इ -क्यान झापा बीच व्यवसायिक सम्झौता
August 12, 2024

माछापुच्छ्रे बैंक लि. र EDUCATIONAL CONSULTANCY ASSOCIATION OF NEPAL (इ—क्यान-झापा)  बिच विशेष बैंकिङ्ग सेवा प्रदान गर्ने सम्बन्धी व्यवसायिक सम्झौता सम्पन्न भएको छ ।

उक्त सम्झौतापत्रमा इ—क्यान झापाको तर्फबाट अध्यक्ष रोशन सुबेदी तथा माछापुच्छ्रे बैंक लि.को तर्फबाट सहायक महाप्रबन्धक भरत कुमार लम्सालले हस्ताक्षर गर्नुभयो ।
सम्झौता पश्चात इ—क्यान, झापामा आवद्ध परामर्शदाताहरुलाई बैंकले शैक्षिक कर्जा एवं अन्य आवश्यक बैंकिङ्ग सेवाहरु सरल र सहज रुपमा उपलब्ध गराउनेछ । साथै इ—क्यान झापामा आवद्ध परामर्शदाताहरुको सिफारिसमा आउनुहुने सेवाग्राहीले सहज र सरल ढंगले शैक्षिक कर्जा प्राप्त गर्ने, Swift payment मार्फत विभिन्न शुल्क भुक्तानी गर्ने लगायतका पूर्ण सेवा बैंकका सबै शाखा कार्यालयबाट प्राप्त गर्न सक्नेछन् ।

माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ वटा शाखा कार्यालय, १२ वटा एक्सटेन्सन काउन्टर, १६७ स्थानमा शाखारहित बैंकिङ्ग सेवा तथा २०० स्थानमा रहेका एटिएम मार्फत १५ लाखभन्दा बढी ग्राहक महानुभावहरुलाई अत्याधुनिक सेवा प्रदान गर्दै आइरहेको छ ।

Ease Your Banking Experience

Online Services

Online Services

Banking at Your Comfort

Customer Care

Customer Care

Cater Your Needs for Prompt Solution

FAQ's

FAQ's

Having Doubt About MBL Products

Locate Us

Locate Us

Get Connected With MBL Networks

Machhapuchchhre Bank Limited