माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत तनहुँ जिल्लाको तालभेसी माध्यमिक विद्यालयलाई वाटर डिस्पेन्सर हस्तान्तरण गरेको छ । उक्त वाटर डिस्पेन्सर बैंकको दुलेगौडा शाखा प्रमुखको समुपस्थितीमा विद्यालयमा गई हस्तान्तरण गरिएको हो ।
बैंकले विद्यालयको भौतिक पूर्वाधार विकासको लागि वाटर डिस्पेन्सर प्रदान गरेको हो । माछापुच्छ्रे बैंकले विशुद्ध बैंकिङ्ग सेवाको साथमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यसअघि पनि विभिन्न संघ सस्थाहरुलाइ सहयोग गर्दै आएको थियो । त्यस्तै बैंकले बिभिन्न समयमा देशमा आइपर्ने प्राकृतिक विपत्तिहरुमा पनि सरकारलाई सहयोग गर्दै आएको छ ।
माछापुच्छ्रे बैंकले हाल देशका७ वटै प्रदेशमा १६५ शाखा, ८ एक्सटेन्सन काउन्टर, १६६ शाखारहित बैंकिङ्ग सेवा, २०५ एटिएम मार्फत १३ लाखभन्दा बढी ग्राहक महानुभावहरुलाई सेवा प्रदानगर्दै आइरहेको ।