EN नेपा
Machhapuchchhre Bank Limited

माछापुच्छ्रे बैंकको अध्यक्षमा श्री रोशन के.सी. नियुक्त

माछापुच्छ्रे बैंकको अध्यक्षमा श्री रोशन के.सी. नियुक्त
November 23, 2023

माछापुच्छ्रे बैंकको मिति २०८०/०८/०७, बिहीवार बसेको ४९१ औ संचालक समितिको बैंठकले  श्री रोशन के.सी. ज्यूलाई संचालक समितिको अध्यक्षमा नियुक्त गरेको छ ।


बैंकका निर्वतमान अध्यक्ष डा.उपेन्द्र महतोज्यूले दिनुभएको राजीनामा स्वीकृत गर्दै श्री रोशन के.सी. ज्यूलाई नयाँ अध्यक्षमा चयन गरेको हो ।


श्री  रोशन के.सी. ज्यू विगत ९ वर्ष देखि माछापुच्छ्रे बैंकमा आबद्ध भई मिति २०७४/०१/१४ देखि २०७५/०९/२० यसै बैंकका अध्यक्षमा रहनु भएको थियो र हाल अध्यक्षमा नवनियुक्त हुनु अघि यसै बैंकमा संस्थापक सञ्चालकको रुपमा प्रतिनिधित्व गर्दै आउनु भएको थियो । साथै उहाँ एक सफल युवा व्यवसायीको रुपमा संस्थापित भई हाइड्रो , कन्स्ट्रक्सन , बैंक तथा वित्तिय संस्था एवम् अन्य क्षेत्रहरुमा पनि आबद्ध रहदैँ आउनु भएको छ ।  

Ease Your Banking Experience

Online Services

Online Services

Banking at Your Comfort

Customer Care

Customer Care

Cater Your Needs for Prompt Solution

FAQ's

FAQ's

Having Doubt About MBL Products

Locate Us

Locate Us

Get Connected With MBL Networks

Machhapuchchhre Bank Limited